Our Network

कार्तिक १ २०७८, सोमबार

यस्तो छ आज सुनचाँदीको बजार भाउ

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, महासंघले तेजाबी सुनको मूल्य तोलाको ९० हजार २५० रुपैयाँ निर्धारण गरेको छ । गत शुक्रबार छापावाल सुनको भाउ तोलाको ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार १५० रुपैयाँ रहेको थियो । महासंघले आइतबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ७६० रुपैयाँ कायम गरेको छ भने तेजाबी प्रति १० ग्राम ७७ हजमर ३३५ रुपैयाँ कायम गरेको छ । 

यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार  एक सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार एक सय ७० रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार सात रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply