आजदेखि यूनिभर्सल पावरको आईपीओ निष्कासन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आजदेखि यूनिभर्सल पावरको आईपीओ निष्कासन

IPO

काठमाडौं, २५ माघ । आजदेखि यूनिभर्सल पावर कम्पनीले आईपीओ निष्कासनमा ल्याउने भएको छ । कम्पनीले दोस्रो चरणमा ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता आइपीओ सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।

आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम ५० लाख कित्तासम्को लागि आवेदन दिन सकिनेछ । आईपीओमा छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । इक्रा नेपालले यो आईपीओको लागि आधारभूत पक्षलाई औषतभन्दा तल रहेको जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यो समाचार आजको अभियान दैनिकमा छ ।

यस अघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि २१ लाख ३ सय ५० कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १३ करोड रहेको छ । आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणको लागि आईपीओ जारी गरेपछि पूँजी रू. २ अर्ब १० करोड पुग्नेछ । विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);