बाराही हाइड्रोपावको आईपीओ खुला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बाराही हाइड्रोपावको आईपीओ खुला

काठमाडौं। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बुधबार सर्वसाधारणका लागि आईपीओको निष्कासन गरेको छ । कम्पनीले कूल पाँच लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको छ ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन नदिएको एक लाख चार हजार कित्ता समेत सर्वसाधारणहरूका लागी  निष्कासन हुँदै ५ प्रतिशतले हुन आउने २७ हजार सात सय कित्ता सामूहिक लगानी कोषका लागी सुरक्षित गरेको छ  र २ प्रतिशतले हुन आउने ११ हजार ८० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी पाँच लाख १५ हजार दुई सय २० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन ।

सार्वजनिक आह्वानपत्र अनुसार सर्वसाधारण लगानीकर्ताले यही मंसिर २६ गतेसम्म र सो अवधिमा सबै सेयर विक्री नभएमा पुसको ६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा नआईबिएल एस क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको रुपमा काम गरिरहेको छ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाइने उल्लेख छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो सेयरको वेबसाइट र मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीले बागलुङस्थित ठेउले खोलाको पानी प्रयोगगरी १.५ मेगावाट क्षमताको जलविधुत आयोजना निर्माण गरिरहेको छ।
यस कम्पनीको रेटिङ हेर्ने हो भने ईक्रा नेपालले ‘ईक्राएनपी– आईआर बी माईनस’ ग्रेडिङ प्रदान गरेको छ। यस्ले दायित्व बहन गर्ने क्षमतामा औशत जोखीम रहेको जनाउने गर्दछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);