६ अर्बको आईपीओ आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

६ अर्बको आईपीओ आउँदै

ipo

काठमाडौं, १० कात्तिक । चालु आर्थिक वर्ष पाँच अर्ब ७० करोड ५६ लाख मूल्यको साधारण सेयर (आईपीओ) आउने भएको छ। २५ वटा कम्पनीले सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

आईपीओ निष्कासनको तयारीमा रहेकामध्ये १८ जलविद्युत्, पाँच माइक्रोफाइनान्स, एक इन्भेस्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक छन्। यी कम्पनीले चालु आवमा पाँच करोड ७० लाख ५६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।

बोर्डका अनुसार मध्यभोटेकोसी जलविद्युत् कम्पनीले एक अर्ब ४४ करोड मूल्य बराबरको एक करोड ४४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले साउन १७ गते बोर्डमा आईपीओ निष्कासनका लागि निवेदन दिएको हो। आवेदनमा बोर्डले अध्ययन गरी टिप्पणी उठाएर कम्पनीमा पठाएको थियो। त्यसपछिका प्रक्रियामा बोर्डले अध्ययन गरिरहेको छ।

सेयर निष्कासनका लागि आवेदन दिएका १० कम्पनीका सम्बन्धमा बोर्डले प्रारम्भिक अध्ययन सुरु गरेको छ। अध्ययन सुरु गरेका सीईडीबी हाइड्रो फन्ट लगानी कम्पनीले २२ करोड ८९ लाख मूल्य बराबरको सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले २२ लाख ८९ कित्ता आईपीओ निष्कासन गर्ने तयारीका साथ बोर्डमा निवेदन दिएको हो।

सयपत्री हाइड्रोपावर कम्पनीले तीन करोड रुपैयाँको तीन लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ। शुभम् पावर कम्पनीले पाँच करोड ८० लाख मूल्यको पाँच लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ। यसैगरी रुरु जलविद्युत् परियोजनाले चार करोड सात लाख, माउन्टेन हाइड्रोपावर लिमिटेडले १८ करोड, युनियन हाइड्रोपावरले ३५ करोड ३४ लाख मूल्य बराबरको साधारण सेयर निष्कासन गर्ने भएका छन्।

बोर्डले कागजात अध्ययन गरेर कम्पनीमा पठाएको मैलुङ खोला जलविद्युत् कम्पनीले सात करोड ३६ लाख र युनिभर्सल पावर कम्पनीको ९६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ। शिव श्री हाइड्रोपावर कम्पनीले १४ करोड ७६ लाख मूल्यको सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);