दुई जलविद्युत आयोजनाको सेयर आवेदन खुला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दुई जलविद्युत आयोजनाको सेयर आवेदन खुला

काठमाडाैं, २६ चैत । सरकारले सान्जेन माथिल्लो जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाको सेयरका लागि पनि आवेदन खुला गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी रसुवास्थित १४ दशमलव ८ मेघावाट क्षमताको सान्जेन माथिल्लो जलविद्युत आयोजना र ४२ दशमलव ५ मेघावाटको सान्जेन जलविद्युत आयोजनाको पनि सर्वसाधारणका लागि सेयर भर्न आदेवन खुला गरिएको जानकारी गराएको हो ।

‘जनताको जलविद्युत कार्यक्रम’ अन्तरगत यी दुई वटा आयोजना थप गरी सर्वसाधारणका लागि सेयर भर्न आवेदन खुला गरिएको पनि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिए । उनले जनताले तत्काल प्रतिफल पाउने भएकाले सो आयोजनाको कामलाई प्राथमिकतामा राखेर अघि बढाइएको पनि स्पष्ट पारे ।

१५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्टयाइएको दुवै जलविद्युत आयोजनाको ४५ लाख ७५ हजार बराबरको सेयर प्रतिकित्ता सयका दरले भर्न पाउनेछन । सरकारले जनताको स–साना पूँजी संकलन गरेर जनताको जलविद्युत आयोजनाको कामलाई अघि बढाउन यस अघि त्रिशुली बी जलविद्युत आयोजनाको सेयर आह्वान गरेको थिए ।

मन्त्री पुनले जनताले तत्काल मुनाफा आर्जन गर्न सक्ने आयोजनालाई प्राथमिकतामा राखेर जनताको जलविद्युत आयोजना कार्यक्रमलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

सान्जेन माथिल्लो जलविद्युत आयोजनाको २ अरव २२ करोड र सान्जेन जल विद्युत आयोजनाको ५ अरव २ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);