मनसुन भित्रियो : शनिवार देशका अधिकांश स्थानमा बर्षा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मनसुन भित्रियो : शनिवार देशका अधिकांश स्थानमा बर्षा

काठमाडौं, ७ असार । बिहीबारदेखि नेपालमा मनसुन भित्रिएपछि शनिवार देशका बिभिन्न भागमा बर्षा भएको छ । नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन शनिवार मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ । शनिवार देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम वर्षा भएको छ । शनिवार राति देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);