विद्यालयमा पढ्न आएका विद्यार्थीहरु कक्षा कोठामै बेहोस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विद्यालयमा पढ्न आएका विद्यार्थीहरु कक्षा कोठामै बेहोस

विवश कुमार सेजुवाल
सुर्खेत, ११ जेठ । सुर्खेतको श्री जीवन ज्योती माध्यमिक विद्यालयमा विद्यार्थीहरु कक्षा कोठामा नै बेहोस हुने गरेका छन् । दिनको चारदेखि पाँच जनासम्म विद्यार्थीहरु बेहोस हुने गरेका छन् । विद्यार्थीहरुमा मास हिस्टेरियाको लक्षण देखिएको चिकित्सकको भनाइ छ ।

सुर्खेतको लेकबेसी नगरपालिका वडा नं. ४ दशरथपुरस्थित श्री जीवन ज्योती माध्यमिक विद्यालयमा विगत दुई महिनादेखि यस विद्यालयमा विद्यार्थीहरु कक्षा कोठा मै बेहोस हुने गरेका छन् । विद्यार्थीहरु पालैपालो बेहोस हुने समस्या देखिएको छ ।

यस्तो हँुदा पनि विद्यालय र विद्यार्थीका आफन्तहरुले विद्यार्थीहरुलाई स्वास्थ्य परिक्षण तथा उपचारका लागि अस्पताल लगिएको छैन । स्वास्थ्य परिक्षण नै नगराई विद्यालयले मानसिक रोग भनेको भन्दै आफन्तहरुले उपचारका लागि अस्पताल लगेका छैनन् ।

विद्यार्थीहरु बिहान सामान्य स्वास्थ्य अवस्था मै विद्यालय आँउछन् र केही समयपछि बेहोस हुन थाल्दछन् । हरेका दिन चारदेखि पाँच जनासम्म विद्यार्थीहरु बेहोस हुने गरेका छन् । यो क्रम बिगत दुई महिनादेखि चल्दै आईरहेको हो । विद्यालयले विद्यार्थीहरुलाई स्वास्थ्य परामर्श गराउनका लागि चिकित्सकहरुसंग छलफल भईसकेको विद्यालयका प्रधानाध्यापक तीर्थप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यता प्रदेश अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डाक्टर नवराज के.सी.ले भने विद्यार्थीहरुमा यस्तो लक्षण मास हिस्टेरिया भएको बताउनु भयो । यस्तो समस्या एक जनामा देखिने बित्तिकै अलग्गै राखेर परामर्श दिनुपर्ने उहाँको भनाई छ ।

विगत दुई महिनादेखि विद्यालयमा पढ्न आएका विद्यार्थीहरु कक्षा कोठा मै बेहोस हुने समस्या हुंदै आएपनि स्वास्थ्य परिक्षण तथा उपचारका लागि कुनै प्रभावकारी पहल भएको देखिएको छैन । यो समस्याले एकतिर विद्यार्थीहरुको स्वास्थ्यमा त प्रभाव पारी नै रहेको छ अर्को तिर पढाईमा पनि हानी गरिरहेको छ । बेलैमा परामर्श लिइ उपचार गरे मास हिस्टेरिया ठूलो समस्या नरहेको चिकित्सकहरु बताउँछन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);