छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा, जनक माध्यमिक विद्यालय तनावग्रस्त | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा, जनक माध्यमिक विद्यालय तनावग्रस्त

काठमडौं। शिक्षकले नवरपरासी गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिँदा जनक माध्यामिक विद्यालय तनावग्रस्त बनेको छ । कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई सोही विद्यालयमा अध्यापन गराउने शिक्षकले सम्वेदनशील अंगमा छुने तथा अश्लिल भिडियो देखाउने गरेको भन्दै विद्याथीिहरु प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले विद्यालयमा प्रदर्शन संगै विद्यालयका प्रअ र छात्रालाई दुव्यवहार गर्ने शिक्षकको मोटरसाईकलमा समेत आगजनी गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । प्रदर्शनमा गरिहरेका विद्यार्थीले ढुङ्गा मुढा गर्दा ६ जना प्रहरी कर्मचारी समेत घाईते भएका छन् । ठूलो संख्यामा रहेका विद्यार्थीहले अरोपीत शिक्षक माथि आक्रमण गर्न थालेपछि प्रहरीले हवाइफायरसमेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);