अत्याधिक गर्मीका कारण सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थी बेहोस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अत्याधिक गर्मीका कारण सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थी बेहोस

bahos student

काठमाडौं, २७ जेठ । अत्याधिक गर्मीका कारण सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थी बेहोस भएका छन् ।

सिरहामा रहेको चन्द्र माध्यमिक विद्यालयका पाँच बालिका गर्मीका कारण बेहोस भएका हुन् । कक्षा ५ मा अध्ययनरत बालिकाहरु बेहोस भएको विद्यालयले जनाएको छ । बेहोस भएका मध्ये पूजाकुमारी साह, नेहा कुमारी यादव र राधिकाकुमारी यादवको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि विद्यालयले पठनपाठन बन्द गरिएको छ । विद्यार्थीहरु दैनिकजसो बेहोस हुन थालेपछि पठनपाठन बन्द गरिएको हो । गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप बढेको चिकित्सक अखिलेश चौधरीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);