इलामको श्रीअन्तु होमस्टेमा आगलागी, २६ लाख बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

इलामको श्रीअन्तु होमस्टेमा आगलागी, २६ लाख बराबरको क्षति

इलाम, २३ मंसिर । इलामको श्रीअन्तुको होमस्टेमा सोमबार दिउँसो आगलागी हुँदा २६ लाख मूल्य बराबरको क्षति भएको छ । श्रीअन्तुको होमस्टेमा बिद्युत सर्ट भएर आगलागी हुँदा २६ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सूर्योदय नगरपालिका ५ अन्तुका मानवीर तामाङले सञ्चालन गरेको होमस्टेमा आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको हो । आगलागीबाट चार तोला सुन, पाँच लाख नगद, लत्ता कपडा, भाडा बर्तन, फर्नीचर, खाद्य सामग्री जलेर नष्ट भएको वताइएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका अनुसार काठबाट बनाइएको घर भएकाले तत्काल आगो नियन्त्रणमा लिन समस्या भएको थियो । स्थानीय र प्रहरीले आगो नियान्त्रणमा लिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);