विधुत सर्ट भई आगलागी हुँदा १ करोड २० लाख बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विधुत सर्ट भई आगलागी हुँदा १ करोड २० लाख बराबरको क्षति

सुमन रायमाझी उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपलीका ८ , बिरेन्द्रबजारमा आइतबार बिहान आगलागी हुँदा ५ घर जलीनस्ट भएको छ।

भरत राईको घरमा विधुत सर्ट भई अचानक आगो लागि हुँदा ५ घर पूर्ण रुपमा जलेर नस्ट भएको छ ।

आगलागीबाट भरत राईको करीब ३५ लाख, शिसिर कुमार राईको २० लाख, बादल बिक्रम राईको १५ लाख, पदम कुमारी मगरको ३० लाख, कृष्ण मगरको १० लाख, र केशव बयलकोटीको पार्किङ गरि राखेको मोटरसाइकल र ट्याक्टर गरि ९ लाख र लाल बहादुर राईको मोटरसाइकल जल्द १ लाख गरि जम्म १करोड २० लाख बराबरको क्षेति भएको छ।

आगलागी बाट मानविय,चौपाय क्षेति नभएको र आगो नियन्त्रणको लगि स्थानिय,दमलकल, नेपाल प्रहरी र शशस्त्र प्रहरीबलको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);