प्रतिपक्षीय दायीत्वबाट किन रुमलिदै छ काँग्रेस ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रतिपक्षीय दायीत्वबाट किन रुमलिदै छ काँग्रेस ?

nepali congress

काठमाडौं, २० साउन । सरकारका कामकार्बाही सन्तुलनमा राख्न संसद्मा प्रतिपक्षी दलको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ । तर, संसदीय अभ्यासका हिसावले खारिएको कांग्रेस संसदमा खरो रुपमा प्रस्तुत हुन सकेको छैन । बरु आफू अल्पमतमा पर्नेभएपछि संसद नै बहिस्कार गरेर लोकतान्त्रिक पद्धतिबाट भाग्दै छ ।

२ सय ७५ जना सांसद रहेको प्रतिनिधिसभामा कांग्रेसका मनोनित र निर्वाचित गरेर ६३ सांसद छन । सरकारले गरेको गलत काममा खबरदारी गर्ने र राम्रा कामको रचनात्मक सहयोग गर्ने प्रतिपक्षको भूमिका हो । तर, कांग्रेस पछिल्लो समय रुमलिएको छ । देशमा महंगी बढेको छ, स्थानीय सरकारको नाममा जनतालाई ढाड सेक्नेगरी कर बढाइएको छ । बलात्कारका घटना बढिरहेका छन । प्रमुख प्रतिपक्ष कांग्रेस भने यी मुद्दालाई संसद सशक्त रुपमा उढाउनुको साटो सामान्य विषयमा रुमलिएर बसेको छ ।

कतिपय विषय संसदमा उठाए पछि त्यसलाइ किनारा लगाउन सकेको छैन । लामो प्रजातान्त्रिक अभ्यास गरेको कांग्रेसले प्रमुख प्रतिपक्षमा रहँदा उसले आफ्नो दायीत्व पुरा गर्न नसकेको टिप्पणी हुन थालेको छ ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसद रहेका छन् । जुन संख्या सार्वजनिक सरोकारको विषय उठान प्रयाप्त हो । तर, पनि कांग्रेसले यस्ता मुद्दालाई वेवास्ता गर्दै आएको छ ।

संसदीय दलका नेता शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, विजय गच्छदारजस्ता नेताहरु संसदमा रहेता पनि उनीहरुले खासै भूमिका निर्वाह गर्न सकेका छैनन् । जसका कारण संसदमा नयाँ अनुुहारका रुपमा आएका सांसदहरु पनि के गर्ने भन्ने अन्यौलमै रहेका छन ।

संसदमा कांग्रेसका शीर्ष नेताहरु बस्ने कुर्सी प्राय खाली नै हुन्छ । सरकारले बाटो बिराउँदा बाटो देखाउने र खबरदारी गर्ने भूमिका प्रतिपक्षको हो तर, सरकारलाई सही बाटोमा हिडाउने र जनजीविकासाँग जोडेने भूमिकामा कांग्रेस प्रभावकारी बन्न सकिरहेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);