दाङमा यसवर्ष ३६ सय बढी युनिट रगत संकलन, घोराहीमा बढी खपत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

दाङमा यसवर्ष ३६ सय बढी युनिट रगत संकलन, घोराहीमा बढी खपत

दाङ । जिल्लामा यस वर्ष ३ हजार ६ सय ७८ युनिट रगत संकलन भएको छ । घोराहीमा २ हजार ३ सय ४७ युनिट, तुलसीपुरमा १ हजार ३८ र लमहीमा २ सय ९४ युनिट रगत व्यक्ति र संस्थागत मार्फत संकलन गरिएको रक्त सञ्चार केन्द्र घोराहीले जनाएको छ ।

३ हजार ६ सय ७८ युनिट रगत मध्ये घोराहीमा २ हजार ३ सय २३ युनिट, तुलसीपुरमा ९सय २९ युनिट र लमहीमा ३ सय ३३ युनिट खपत भएको केन्द्रका प्राविधिक ठाकुर पौडेलले जानकारी दिए । १८ वर्ष माथि उमेर पुगेका तर ४५ केजी देखि माथि तौल समूहका व्यक्तिले ३– ३ महिना र सोही उमेर समूह र तौल समूह माथिका महिलाले ४÷४ महिनामा ३ सय ५० एमएल रगत निकाल्ने गरिन्छ ।

यो रगत ३५ दिन भित्र खपत गरि सक्नुपर्ने समेत उनले बताए । कम्पोनेन्ट ब्लडका लागि भने एक व्यक्तिबाट ४ सय ५० एमएल रक्त निकाल्नु पर्छ । यो रगतबाट ह्वाइट ब्लड सेल, रेड ब्लड सेल र प्लाज्मा बनाइने उनको भनाइ थियो । यसका लागि १८ वर्ष उमेर र ६० केजी समूह माथिको व्यक्ति हुनुपर्ने समेत केन्द्रका प्राविधिक पौडेलले बताए । प्लाज्मा ६ महिना र ह्वाइट ब्लड सेल ४२ दिन भित्र खपत गरि सक्नु पर्ने समेत उनको भनाइ छ ।

त्यस्तै कोरोना महामारीको समयमा जिल्लामा रगतको अभाव भएको समेत केन्द्रकी प्राविधिक इस्मा बूढा मगरले बताइन् । उनले भनिन् ,‘ जति बेला जिल्लामा कोरोना महामारी बढेको थियो । त्यति बेला हामीलाई रगत पु¥याउन निकै समस्या भएको थियो । कोरोना महामारीले गर्दा संघसंस्थाहरुबाट रक्तदान भएन ।

नियमित रक्तदान गर्नेहरु पनि डराउनुभयो । रगत संकलन गर्न घर घरमा जानु पर्दथ्यो । पछिल्लो समय जिल्लामा कोरोना संक्रमण घट्दै गएपछि अहिले सहज भएको छ ।’ जिल्लामा मासिक २ देखि २ सय ५० सम्म रगत आवश्यक पर्ने र रक्तदान पनि त्यति कै मात्रामा भइ रहेको समेत उनले बताईन् । यहाँबाट बाँकेको कोहलपुर, बुटवलसम्म रगत आवश्यकता अनुसार पठाउने गरेको समेत उनले जानकारी दिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);