कोरोनाका कारण बन्द रहेका ओपीडी र आइसीयु सेवा प्रतिष्ठानले असार १ गतेदेखि सुचारु गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

कोरोनाका कारण बन्द रहेका ओपीडी र आइसीयु सेवा प्रतिष्ठानले असार १ गतेदेखि सुचारु गर्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले असार १ गतेदेखि ओपीडी र आइसीयु सेवा फेरि सुचारु गर्ने भएको छ । कोभिड– १९ को महामारी तथा तीब्र संक्रमणका कारण प्रतिष्ठानले गत बैशाख १९ गतेदेखि ओपीडी र शल्यक्रिया जस्ता सेवाहरू बन्द गरेको थियो ।

पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै गएको तथा सर्वसाधारण बिरामीको सेवालाई मध्यनजर गर्दै ती सेवाहरू सुरु गर्न लागिएको प्रतिष्ठानले सोमबार एक सूचना जारी गरेर जानकारी दिएको छ । प्रतिष्ठानले आइसीयु सेवा समेत सुरु गर्ने र जटिल प्रकृतिका रोगका बिरामीहरूको समेत उपचार सुरु हुने जानकारी दिएको छ ।

त्यस्तै प्रतिष्ठानले साधारण बिरामी अस्पताल आउँदा एक्लै आउन र अशक्त, ज्येष्ठ नागरिक तथा बालबालिकाको हकमा एकजना मात्रै सहयोगी आउन आग्रह पनि गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);