निर्वाचनमा गरेका आधिकांश बाचा पुरा भए : तुलसीपुर उपमहानगर मेयर पाण्डे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

निर्वाचनमा गरेका आधिकांश बाचा पुरा भए : तुलसीपुर उपमहानगर मेयर पाण्डे

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले निर्वाचनमा प्रतिवद्धता गरेका अधिकांश बाचा पुरा गरेको बताएका छन् । सोमबार उपमहानगरको नवौँ नगरसभा तथा वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पाण्डेले चुनावको समयमा जनताको माझमा प्रतिवद्धता गरेका अधिकांश बाचा पुरा गरेको बताउँदै बाँकी प्रतिवद्धताहरू एक वर्षको अवधिमा पुरा गर्नेगरी अघि बढ्ने बताए ।

मेयर पाण्डेले मेट्रो कलेज स्थापना, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, एक वडा एक नगर स्वास्थ्य केन्द्र, खरको छानो मुक्त अभियान, टरिगाउँ एयरपोर्ट सञ्चालन, सुत्केरी भत्ता, तुलसीपुर बसपार्क व्यवस्थापन, उज्यालो तुलसीपुर, मेट्रो अस्पताल लगायत भौतिक पूर्वाधार विकासमा देखिनेगरी फड्को मारेको समेत दाबी गरे ।

उनले चारवर्षे कार्यकाल पुरा गरेर अन्तिम चरणमा आएकाले यस अवधिमा हामीले गरेका कामको समीक्षा र आगामी जनमुखी योजनाको विषयमा सँगसँगै हातेमालो गरेर अघि बढ्ने बेला आएको समेत बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);