टेकु र भद्रकालीमा प्रहरी भवनको सर्वेन्द्र खनालद्धारा शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

टेकु र भद्रकालीमा प्रहरी भवनको सर्वेन्द्र खनालद्धारा शिलान्यास

sarbendra khanal

काठमाडौं, २४ भदौ । नेपाल पुलिस क्लव पसिरमा निर्माण हुने बहुउदेश्यीय भवन, महानगरीय अपराध महाशाखा तथा महानगरीय परिसर काठमाडौंमा निर्माण हुने भवनको मंगलबार शिलान्यास गरिएको छ । नेपाल प्रहरीलाई प्राप्त भएको टेकु र भद्रकालीमा अवस्थीत जमिनमा क्रमश महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाण्डौको निर्माण हुन लागेको भवनको प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले शिलान्यास गर्नुभएको हो ।

२०७२ सालमा गएको भूकम्पबाट हनुमानढोकास्थित कार्यालय भवनमा क्षति पुगेपछि प्रहरीका दुई निकायलाई टेकुस्थित नेसनल साल्ट ट्रेडिङको जग्गामा सारिएको थियो । भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि राजधानीमै प्रहरीका निकाय पालमुनि बस्न बाध्य भएकोले भवन निर्माण नयाँ भवन निर्माणको कार्य थालीएको महानिरिक्षक खनालले जानकारी दिनु भयो ।

महाशाखालाई हाल बसेकै ठाउँमा १० रोपनी जग्गा सरकारले उपलब्ध गराएको हो । अहिले प्रहरी बसेको टेकुको जग्गा नेशनल ट्रेडिङले नेपाल आयल निगमलाई बेचिसकेको छ । अब बन्ने नयाँ संरचनाहरु वतावरणमैत्री, महिलामैत्री तथा पार्किङको पर्याप्त सुविधा हुने गरि निर्माण गर्न लागिएको छ ।

नयाँ संरचनाहरु २ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त संरचनाहरु प्रि फ्याबबाट निर्माण हुने बताईएको छ । संरचनाको निर्माण लागत ३० करोड हुने अनुमान गरिएको छ भने यस आर्थिक वर्षमा १२ करोड रुपैँया निकासा भईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);