अझै नियन्त्रणमा आएन डेंगु : पूर्वीतराईमा ७६९ बिरामी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

अझै नियन्त्रणमा आएन डेंगु : पूर्वीतराईमा ७६९ बिरामी

dengu

काठमाडौं, १२ असार । पूर्वीतराईमा डेंगु नियन्त्रणको प्रयास पूर्ण रूपमा सफल नहुँदा काठमाडौं उपत्यकासमेत डेंगुको उच्च जोखिममा रहेको चिकित्सकले बताएका छन् । धरान, विराटनगर, इटहरी र झापालगायत क्षेत्रमा एक महिनायता सात सय ६९ बिरामीमा डेंगु पुष्टि भएको छ । सो क्षेत्रमा डेंगु केही हदसम्म नियन्त्रणमा भए पनि निर्मूल नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीट नियन्त्रण शाखा प्रमुख घनश्याम पोखरेलले बताए ।

अहिले काठमाडौं उपत्यका पनि डेंगुको उच्च जोखिममा देखिएकाले सचेत रहन चिकित्सकले सुझाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले राजधानी सधैँ कीटजन्य रोगको उच्च जोखिममा रहेको बताए । ‘डेंगुका बिरामी हाल अस्पताल त आएका छैनन् । तर, उनीहरू यो रोगको उच्च जोखिममा भने छन्,’ डा. पुनले भने, ‘त्यसैले विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ ।’

इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाले पनि राजधानी डेंगुको उच्च जोखिममा रहेको बताएको छ । काठमाडौंमा पनि एडिज नामक लामखुट्टे भएकाले डेंगु फैलिन सक्ने पोखरेलले बताए । जमेको सफा पानीमा बस्ने यो लामखुट्टेको टोकाइबाट डेंगु सर्छ । सबै उमेरका व्यक्तिलाई डेंगुको संक्रमण हुने भए पनि बालबालिकामा छिटो फैलिने उनले बताए ।

काठमाडौंका वनस्थली, टेकु, बागमती र ललितपुरका केही क्षेत्र डेंगुको उच्च जोखिम रहेको चिकित्सकको भनाइ छ । गत वर्ष काठमाडौंमा १० जनामा डेंगु संक्रमण देखिएको थियो । यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);