डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान

काठमाडौं, १२ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतना मुलुक अभियानमा एकजुट हुन सबैलाई आह्वान गरको छ । विहीबार मन्त्रालयमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रियामा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गर्नुभएको हो ।

पछिल्लो समय डेंगुको संक्रमण नियन्त्रण भन्दा पनि विस्तार हुने क्रममा रहेको र सरकार एक्लैको प्रयासमा मात्रै नियन्त्रण गर्न नसकिने भन्दै उहाँले जनचेतना अभिवृद्धिको साथै आवश्यक सर्तकता अपनाउने सवालमा सबैले सहयोगी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले दशैको समयमा राजधानीमा डेंगुको संक्रमण अझै फैलिने सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक सर्तकता अपनाउने तर्फ तयारी भईरहेको बताउनुभयो ।

उहाँले डेंगुको बहुआयामिक लक्षण देखिने भएकाले विशेष पहिचान गरि मृत्युदर घटाउने तर्फ उपचारलाई केन्द्रीत बनाउनुपर्ने बताउनुभयो । तीन तहका सरकारका आ आफ्ना क्षेत्राधिकार रहेकाले यस सम्बन्धी जनचेतना अभिवृद्धिको साथै आवश्यक अनुगमनका लागि भने केही समस्या देखिएको बताउनुभयो ।

मुलुकका ४२ जिल्लामा देखिएको डेंगुको संक्रमणबाट अहिले सम्म १ हजार ५ सय ३७ जना विरामी परेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय विश्वका आधा भन्दा बढी जनसंख्या डेंगु रोगको जोखिममा रहेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी प्रत्येक बर्ष ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनुको साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । डेंगुको संक्रमण ३ देखि १० दिन सम्म रहने र यस समयमा विरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ जोर्नी दुख्ने, शरिरमा रातो रातो बिमिराहरु देखा पर्ने चिकित्सकहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);