दीपक मनाङे एमालेबाट उम्मेद्वार सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

लमजुङ, २५ असोज । मनाङमा नेपाली काँग्रेस र नेकपा एमालेले संघ र प्रदेश चुनावको लागि उम्मेदवारको टुंगो लगाएको छ। काँग्रेसले संघको प्रत्यक्षतर्फ सांसद टेकबहादुर गुरुङलाई सिफारिस गरेको छ। उता नेकपा एमालेले भने संघको प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष पोल्देन छोपाङ गुरुङलाई उम्मेदवारमा सिफारिस गरेको छ।

सबैभन्दा कम मतदाता रहेको यस जिल्लामा एउटा संघीय क्षेत्र र २ प्रदेश क्षेत्र रहेको छ। जसअन्तर्गत काँग्रेसले प्रदेशको क्षेत्र नं। १ बाट चिन्तबहादुर घलेलाई सिफारिस गरेको छ। एमालेले भने प्रत्यक्षतर्फ धोर्जे ढन्डुल गुरुङलाई सिफारिस गरेको छ।

यस्तै नेपाली काँग्रेसले प्रदेश नं. २ मा कर्म गुरुङलाई सिफारिस गरेको छ भने एमालेले दीपक मनाङेलाई सिफारिस गरेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);