संविधान अतिक्रमण गर्ने ओली सरकारको कदम असफल : नेकपा (मसाल) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संविधान अतिक्रमण गर्ने ओली सरकारको कदम असफल : नेकपा (मसाल)

काठमाडौं, १९ फागुन । नेकपा (मसाल)ले संविधान माथि अतिक्रमण गर्ने प्रधानमन्त्री केपी ओलीको सरकारको कदम प्रतिनिधिसभा पुनर्स्थापना भएपछि विफल भएको निष्कर्ष निकालेको छ । सो पार्टीको हालै समपन्न केन्द्रीय समितिको बैठकले एक राजनीतिक प्रतिवेदन पारित गर्दै यस्तो निष्कर्ष निकालेको जारी विज्ञप्तिमा उल्लेख छ।

सर्वोच्च अदालतद्वारा संसदको पुनस्र्थापनालाई नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले स्वागत गरेको पनि विज्ञप्तिमा जनाइएको छ। । ‘त्यो फैसलाद्वारा संविधानको अतिक्रमण गर्ने ओली सरकारको कदम असफल भएको छ । अन्तमा जनताको जीत भएको छ । त्यसका लागि हामीले सबै आन्दोलनकारी राजनीतिक शक्ति, संघ–संस्था, नागरिक समाज, कानुनविद, सञ्चार माध्यम र सम्पूर्ण जनतालाई समेत धन्यवाद दिन चाहन्छौँ’ । विज्ञप्तिमा उल्लेख छ।

‘ने.क.पा. (मसाल)ले संसदको विघटनलाई असम्वैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कदम बताएर त्यसको कडा विरोध गरेको थियो । ओली सरकारको त्यस प्रकारको कदमका कारवाहीका कारणले हाम्रो पार्टीले त्यसलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । तर त्यसरी समर्थन फिर्ता लिनुको अर्थ पहिले हामीले नेकपाको सरकारलाई समर्थन दिनु गलत भएको थियो भन्ने होइन । पहिले त्यसले गणतन्त्र, धर्मनिरपेक्षता र कतिपय अवस्थामा राष्ट्रियता समेतको पक्षमा अडान लिएको हुनाले हामीले त्यसलाई समर्थन दिएका थियौँ र हाम्रो त्यो नीति सही पनि थियो । तर ओली सरकारले अपनाएको असम्वैधानिक र प्रतिगामी कदमका कारणले नै हामीले त्यसलाई दिएको समर्थन फिर्ता लिएका थियौँ र परिवर्तित अवस्थामा त्यसरी समर्थन फिर्ता लिने नीति पनि सही भएको कुरा प्रष्ट छ ।’पारित प्रस्तावमा उल्लेख छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);