मूल्यवृद्धिको विरोधमा विप्लव समूहको नेपाल बन्दसहित आन्दोलनका कार्यक्रम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

मूल्यवृद्धिको विरोधमा विप्लव समूहको नेपाल बन्दसहित आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपामा महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी गरेर नेपाद बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रमअनुसार ३० कात्तिकमा नेपाल बन्द गरिनेछ । यस्तै २५ कात्तिक अपरान्ह ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन, २८ कात्तिक बिहान १० देखि ११ बजेसम्म १ घन्टा चक्काजाम र २९ कात्तिकमा दिउँसो सिट्टी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जारी विज्ञप्तिमा उल्लेख छ । 

‘मूल्य वृद्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न विवश हुनेछन् भने अर्कोतिर त्यसको प्रभावले सार्वजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यवृद्धि हुनेछ । यसबाट नेपाली उपभोक्ता कैयौं गुणा बढी मारमा पर्नेछन् । हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहन सक्दैन । तसर्थ सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ’, जारी विज्ञप्तिमा उल्लेख छ । 

‘पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य वृद्धि गरियो । जसअनुसार ४७ रुपैयाँमा आयात गरिने पेट्रोलियम १३३ रुपैयाँमा बिक्री गरिनेछ । विज्ञहरूले मापन गरेअनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल ७० रुपैयाँमा बिक्री गर्न सकिन्छ । दैनिक रूपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ’, विप्लवले प्रश्न गर्दै भनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);