अदालत प्रवेश रोक्ने बारको घोषणालगत्तै बाहिरिए प्रधानन्यायाधीश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अदालत प्रवेश रोक्ने बारको घोषणालगत्तै बाहिरिए प्रधानन्यायाधीश

काठमाडौं । राजीनामाको दवाव झेलिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतबाट बाहिरिएका छन् । नेपाल बार र सहकर्मी न्यायाधीशहरूको चर्को विरोधका बीच अदालत उपस्थित भएर मुद्दा सुनुवाइ गर्दै आएका जबरा बारको निषेध आन्दोलन घोषणालगत्तै अदालतबाट बाहिरिएका हुन् ।

शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई बिचौलियाको नाइके भन्दै भोलि शुक्रबारबाट अदालत प्रवेश गर्न नदिने घोषणा गरेको छ । 

धर्ना विथोलिएपछि नेपाल बार परिसरमा बोल्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भोलि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिने आन्दोलनको कार्यक्रमको घोषणा गरेका थिए । 

जबरा अदालतबाट बाहिरिएपनि सर्वोच्च अदालतका न्यायाधीशहरू भने बुधबार पनि आन्तरिक छलफलमा जुटेका छन् । जबराले बुधवारका लागि नौवटा इजलास गठन गर्दै १७७ वटा मुद्दा सुनुवाइका लागि पेसी तोकेका थिए । तर, न्यायाधीशहरू भने जबरासँग बेन्च सेयरिङ नगर्ने, बन्दीप्रत्यक्षीकरणबाहेकका विवादमा सुनुवाइ नगर्ने अडानमा कायम छन् । 
 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);