ट्र्याक खोल्न ढिलाइ हुँदा योजना प्रभावित | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

ट्र्याक खोल्न ढिलाइ हुँदा योजना प्रभावित

koshi koridor

काठमाडौं, २० साउन । उच्च आर्थिक एवं व्यापारिक महŒवको उत्तर–दक्षिण व्यापारिक मार्ग कोसी करिडोरको १४ किलोमिटर ट्र्याक खोल्न ढिलाइ हुँदा समग्र योजना नै प्रभावित बनेको छ । पछिल्लो आठ महिनायता ट्र्याक खोल्ने कार्यमा कुनै प्रगति देखिएको छैन ।

उत्तर–दक्षिण व्यापारिक राजमार्ग आयोजनाका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन र विस्फोटक पदार्थ (जिलेटिन)को आपूर्ति तथा बङ्कर निर्माणमा ढिलाइ हुँदा ट्र्याक खोल्ने कार्य अवरुद्ध बनेको हो । आयोजना प्रमुख शिव नेपालले कुल ३९० किलोमिटरको कोसी करिडोरअन्तर्गत विराटनगरको रानीदेखि खाँदबारीसम्मको २२८ किलोमिटर सडक विभिन्न चरणमा निर्माण भइसकेको बताउनुभयो ।

करिडोर निर्माण भएपछि ३९० किलोमिटर दूरीले दुई विशाल छिमेकी चीन र भारतलाई जोड्ने छ । उत्तर दक्षिण व्यापारिक मार्गअन्तर्गत कोसी करिडोर निर्माण आयोजना राष्ट्रिय गौरवको आयोजना हो । कोसी करिडोरलाई हिमाल, पहाड र तराई मधेस जोड्ने आर्थिक समृद्धिको एक महŒवपूर्ण मार्गका रूपमा हेरिन्छ । करिडोरले मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम हुँदै सङ्खुवासभा जिल्लालाई जोड्ने छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटा भन्नुहुन्छ, “दुई छिमेकी राष्ट्रलाई जोड्ने कोसी करिडोरले नेपालको आर्थिक समृद्धि र समाजिक रूपान्तरणमा महŒवपूर्ण टेवा पु¥याउने छन् । ” सङ्खुवासभाको खाँदबारी र चीन प्रशासित तिब्बतसित जोडिएको उत्तरी सीमा किमाथाङ्कासम्मको १६२ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ ।

सङ्खुवासभाको खाँदबारीबाट चेन्ताङसम्म १३४ किलोमिटर र उत्तरी सीमा किमाथाङ्काबाट घोँघपासम्मको १४ किलोमिटर ट्र्याक खुलिसकेको छ । खाँदबारी–किमाथाङ्का आयोजना प्रमुख इन्जिनियर गौतम श्रेष्ठले बीचमा चेन्ताङदेखि घोँघपासम्म १४ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको बताउनुभयो । उक्त क्षेत्रमा ट्र्याक खोल्ने कार्य झन्झटिलो छ । आयोजना प्रमुख शिव नेपाल भन्नुहुन्छ, “विस्फोटक पदार्थ प्रयोग गरेर ट्र्याक खोल्नुपर्ने हुँदा विस्फोटक भण्डारणका लागि करिब दुई करोड रुपियाँको लागतमा बङ्कर निर्माण भइरहेको छ । ”

बङ्कर निर्माण भएलगत्तै विस्फोटक भण्डार गरेर द्रुत गतिमा ट्र्याक खोल्ने कार्य सुरु हुने प्रमुख इन्जिनियर श्रेष्ठले जनाउनुभयो । ट्र्याक खोल्न बाँकी रहेको १४ किलोमिटर क्षेत्रमा ठाडो भीर एवं ५० मिटर माथिसम्मको चट्टाने भूभाग पर्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);