जोडिँदै जोगबनी–किमाथांका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

जोडिँदै जोगबनी–किमाथांका

jogbani-kimthanka

विराटनगर, १२ साउन । १४ किलोमिटर ट्रयाक खोल्नेबित्तिकै बहुप्रतिक्षित जोगबनी–किमाथांका मार्ग जोडिँदै छ । चट्टानी पहरा भएको क्षेत्रमा ट्रयाक खोल्न बाँकी रहेकाले सडकले सोझै चीनको सीमा छुन भने केही महिना लाग्नेछ ।

संघीय सरकारले छिमेकी मुलुक भारत र चीनसमेत जोडिने यो सडकको मुख्य काम यसै आर्थिक वर्ष भित्र सक्ने घोषणा गरिसकेको छ । स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकार र संघीय सरकारले पनि उच्च महत्त्व दिएको यो सडक बनेपछि आर्थिक गतिविधि तीव्र रूपमा बढ्ने सरोकारवालाको बुझाइ छ ।

प्रदेश १ को मात्र होइन, मुलुककै समृद्धिमा महत्त्वपूर्ण मानिएको योजना हो, रानी–किमाथांका मार्ग । त्रिदेशीय व्यापारिक महत्त्वको यो सडक मोरङको रानीदेखि संखुवासभाको किमाथांकासम्म पुग्छ । दक्षिणी नाकालाई उत्तरी नाकासँग जोड्न करिब ३ सय ४० किलोमिटर सडकमध्ये अब १४ किलोमिटर ट्रयाक खोल्न मात्र बाँकी छ ।

मोरङबाट सुनसरी, धनकुटा र तेह्रथुम हुँदै संखुवासभाको सीमावर्ती गाउँसम्म सडक पुर्‍याउने लक्ष्य छ । संखुवासभा सदरमुकाम खाँदबारीसम्म कालोपत्रे भइसकेको छ । बीचका केही स्थानमा सडक बिग्रिए पनि त्यसलाई व्यवस्थित पार्ने काम भइरहेको छ । अरुण नदीको किनारैकिनार चीनको तिब्बती सहर रियुमा जोडिने उत्तर–दक्षिण मार्ग बनिसकेपछि चीन र भारतको व्यापारिक ‘ट्रान्जिट’ बन्नेछ नेपाल ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);