अख्तियारद्वारा रौनियारविरुद्ध १ करोड २८ लाख भ्रष्टाचारको मुद्दा : यस्तो थियो घूसको हिसाब | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अख्तियारद्वारा रौनियारविरुद्ध १ करोड २८ लाख भ्रष्टाचारको मुद्दा : यस्तो थियो घूसको हिसाब

rajkumar rauniyar

काठमाडौं, २० साउन । ठेकेदार:पैसाको जोगाडमा लागेको छु, तपाईंलाई भइहाल्छ, अब छिटो हुन्छ । अर्का व्यक्ति:कुरा नफेर्नु, (नत्र) राम्रो हुँदैन । ठेकेदार:एक ठाउँबाट मागेको छु, आएपछि गरौंला ।अर्का व्यक्ति:हुन्छ ।

अर्का व्यक्ति:मोबिलाइजेसनबापत लिएको रकमलाई बिलमा मिलाउनुपर्छ । कति पर्सेन्ट निस्कन्छ ?

ठेकेदार:साठीवालामा तपाईंको सात छक्के ४२ ।

अर्का व्यक्ति :त यसमा मेरो निस्किन्छ, १२ दिएपछि बढी निस्किँदैन । म तपाईंलाई साँच्चै धेरै काम दिन्छु, अहिले मलाई दिनुहुन्छ कि दिनुहुन्न ?

ठेकेदार:अँ, १६ ठीक छ ।

अर्का व्यक्ति:आजै छाडिदिन्छु ।
यो संवादमा ठेकेदार भनिएका व्यक्ति सुशीलकुमार झा हुन् भने अर्का व्यक्ति आइतबार मात्रै विशेष अदालतमा रंगेहात घूसको मुद्दामा प्रमुख प्रतिवादी बनाइएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति राजकुमार रौनियार हुन् ।
रौनियार गत असार २६ गते ८ लाख रुपैयाँ घूससहित रंगेहात पक्राउ परेका हुन् । अख्तियारले उनीविरुद्ध १ करोड २८ लाख रुपैयाँ घूस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । ‘उहाँ आठ लाख रुपैयाँसहित रंगेहात पक्राउ परे पनि थप अनुसन्धान क्रममा १ करोड २० लाख रुपैयाँ अरू घूस लिएको स्विकार्नुभयो,’ अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले कान्तिपुरसँग भने, ‘अनुसन्धान गर्दा त्यस्तो प्रमाणसमेत भेटिएकाले १ करोड २८ लाख रुपैयाँ घूस लिएको आरोप लगाइएको हो ।’
घटना भएको दिन उपकुलपति रौनियारको टेबलको छेवैमा रातो झोला भेटिएको थियो । भिडियो रेकर्डमा उनका भतिज रामहरि रौनियारले कालो झोलामा रातो थैली हाली बाहिर लैजान्छन् । रौनियारले झोलामा ८ लाख रुपैयाँ भएको सुनिश्चित गरी भतिजलाई लैजान र राख्न निर्देशन दिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);