पार्टीहरूमा छैनन् प्रदेश संरचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पार्टीहरूमा छैनन् प्रदेश संरचना

party

काठमाडौं, २० साउन । संघीयता कार्यान्वयन भएको तीन वर्ष भइसक्दा पनि प्रमुख राजनीतिक दलका संगठन तीन तहको संरचनाअनुरूप सञ्चालन हुन सकेका छैनन् । प्रमुख सत्तारूढ दल नेकपाले संघीयताअनुसार पार्टी संरचना निर्माण गरे पनि ती संक्रमणकालीन अवस्थामै छन् ।

पार्टीको केन्द्रीय निकाय एकीकृत भइनसकेकाले तल्ला संरचना कामकाजी हुन सकेका छैनन् । प्रमुख प्रतिपक्ष कांग्रेसले अझै प्रादेशिक संरचना बनाउन सकेको छैन । त्यस विषयमा बल्ल छलफल सुरु भएको छ ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण भएर बनेको समाजवादी पार्टीको संघीय संरचनाअनुसार तल्ला तहसम्म कमिटी छन् । त्यसलाई समायोजन गर्न व्यस्त छ । चुनावअघि ६ वटा पार्टी मिलेर बनेको राजपाले पुरानै संरचनालाई मिलाएर काम चलाइरहेको छ । प्रादेशिक संरचना तयार गर्न सकेको छैन । पार्टी एकीकरण भए पनि कुनै पनि संगठन समायोजन भएका छैनन् ।

नेकपा : नाम मात्रका संरचना
नेकपाले संघीय स्वरूपका सबै संगठन संरचना तयार गरेको छ । तत्कालीन एमाले र माओवादीबीच एकताको सम्पूर्ण काममा ढिलाइ हुँदा ती संरचना सक्रिय रूपमा परिचालित हुन सकेका छैनन् । बनेका कमिटीले स्थानीय रूपमा कार्यक्रम गर्न थालेका छन् तर यिनलाई कसरी परिचालन गर्ने र कुन राजनीतिक कार्यदिशाअनुसार कस्ता कार्यक्रम बोकेर हिँड्ने भन्ने केन्द्रीय निर्देशन अझैसम्म गएको छैन ।
‘कम्युनिस्ट पार्टीका संरचना एउटा पद्धतिबाट चल्नुपर्छ तर केन्द्रबाटै कसरी अघि बढ्ने भन्ने गाइडलाइन छैन, केन्द्रीय कमिटीको बैठकसमेत बसेको छैन, यस्तो अवस्थामा तल्लो तहको संरचना भए पनि कामकाजी छैनन्,’ स्थायी समिति सदस्य युवराज ज्ञवालीले कान्तिपुरसँग भने । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);