विप्लवका जनसरकार प्रमुखद्धारा आत्मसमर्पण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

विप्लवका जनसरकार प्रमुखद्धारा आत्मसमर्पण

biplov janasarkar

काठमाडौं, २० साउन । गुल्मीमा एक जना बिप्लव नेतृत्व माओवादीका जनसरकार नेताले आत्म समर्पण गरेका छन् । गुल्मी प्रहरी हिरासतमा रहेका प्युठान जिल्ला माण्डबी गाउँपालिका वडा नम्बर २ मर्कावाङ रातापानी स्थायी घर भएका ३८ वर्षिय राजेन्द्रबहादुर राउत क्षेत्रीले आत्म समर्पण गरेका हुन् ।

बिगत १ सय १ दिन देखि प्रहरी हिराशतमा रहेका क्षेत्रीले जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपककुमार बस्नेत, सशस्त्र प्रहरी प्रमुख बिनोदराज खनाल, लगायतका सुरक्षा निकाय प्रमुख, नागरिक समाज, पत्रकारहरुको रोहवरमा आत्म समर्पण गरेका हुन् ।

आइतवार जिल्ला प्रशासन कार्यालय गुल्मीको एक कार्यक्रममा बिप्ती जारी गर्दै राउत क्षेत्रीले आफु पूर्व माओवादी लडाकु रहेको र हाल कुनैपनि दलमा आबद्ध नरहेको जनाउँदै आत्म सर्मपण गरेका छन् । राउतले २ वर्ष पहिले नेकपा बिप्लव प्युठान जिल्लाको जनसरकार प्रमुख भएको र हाल आपाङ्ग हुँदा उक्त पदमा रहि काम गर्न नसक्ने बिज्ञप्तीमा जनाएका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);