पोखरा–मुग्लिन सडक चार लेन बन्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

पोखरा–मुग्लिन सडक चार लेन बन्दै

muglin sadak khanada sampanna

काठमाडौं, २० साउन । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरेनीसम्मको सडक विस्तार हुने भएको छ । पाँच दशकअघि बनेको यो राजमार्ग सवारी चापसँगै साँघुरो बन्दै गएपछि दुई लेनको यो सडकलाई चार लेन बनाउन लागिएको हो ।

पोखरा–मुग्लिनको दुरी ९० किलोमिटर छ । पहिलो चरणमा पोखरादेखि आँबुखैरेनीसम्मको ८१ किलोमिटर खण्ड विस्तार गर्ने तयारी भएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए ।

उनका अनुसार राजमार्गमा पर्ने तीनवटा ठूला आकारका पुल पनि विस्तार हुनेछन् ।

तनहुँको दमौली, पोखराको विजयपुर र पृथ्वीचोकको पुल ठूलो आकारमा बन्ने उनले बताए । ती पुल कमजोर बन्दै गएका छन् । विजयपुरको पुल कमजोर भएर १० टनभन्दा बढी भार थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् ।

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

test123123

११ घन्टा अघि

test123123

११ घन्टा अघि