अज्ञात रोगका कारण रुकुममा एउटै गाउँका २०० बढी बिरामी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अज्ञात रोगका कारण रुकुममा एउटै गाउँका २०० बढी बिरामी

mountain

रुकुम, १ भदौ । अज्ञात रोगका कारण रुकुममा एउटै गाउँका २०० भन्दा बढी बिरामी परेका छन् । आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २०० भन्दा बढी स्थानीयवासी बिरामी परेका हुन् ।

 

उनीहरुलाई वाकवाकी लाग्ने, टाउको, पेट र हातगोडा दुख्ने भएकाले कुनै काम गर्न नसकेको स्थानियले जनाएका छन् । विरामी परेका कारण थुप्रै मानिस ओछ्यान परेका छन् ।

 

उक्त क्षेत्रमा अहिलेसम्म कुनै पनि स्वास्थ्य टोली पुग्न सकेको छैन । नगर प्रमुख गोर्खबहादुर केसीका अनुसार अहिले स्वास्थ्यकर्मीको टोली औषधिसहित त्यसतर्फ गएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);