काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् । शनिबार नेकपा एमालेका नेता एवंम पूर्वमन्त्री समेत रहेका विष्टले महतोले दिएको अभिव्यक्ति अराजक र संविधान विरोधी भएको तर्क गरेका हुन् ।
नेता विष्टले राज्यको जिम्मेवार पदभारण गरेका व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु सिङ्गो नेपालका लागिनै दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका हुन् । नेता विष्टले ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल छ,’ भन्दै समाजिक संञ्जालमा पोष्ट गरेका छन् ।
जसपाका तर्फबाट शुक्रबार पदभारण गरेका नियुक्ति लिएका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण लगत्तै बहुराष्ट्र र बहुराज्य सञ्चालन गर्ने मुक्ति आन्दोलन जारी रहेको अभिव्यक्ति दिएका थिए ।




