राष्ट्रपतिद्वारा राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

राष्ट्रपतिद्वारा राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह

काठमाडौं, १४ पुष ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिरोध अन्त्य गर्न प्रमुख दलका शीर्ष नेतासँग आग्रह गरेकी छिन ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह गरेकी छिन । लामो समयदेखि रोकिएको राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशका विषयमा पनि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच छलफल भएको थियो ।

सरकारले दुई महिना पहिले एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने गरी अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । तर नेकपा एमालेले वहुमतीय निर्वाचन प्रणालीका आधारमा निर्वाचन गरिनुपर्ने भन्दै अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई दबाब दिंदै आएको थियो ।

प्रधानमन्त्री देउवाले अध्यादेश जारी नहुँदा नयाँ सरकार गठनको बारो रोकिने भएकाले छिट्टै अध्यादेश जारी गर्न आग्रह गरेकी छिन  । राष्ट्रपति भण्डारीले बिहीबार मात्रै वाम गठबन्धनका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी थिईन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);