निर्वाचन सम्बन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति भण्डारीको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

निर्वाचन सम्बन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति भण्डारीको ध्यानाकर्षण

काठमाडौं, ८ पुष । नेपाली कांग्रेसले विवादमा परेको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार पार्टीका केही नेतालाई साथै लिएर शितल निवास पुगी अध्यादेश जारी गरेर राष्ट्रिय सभा गठनको बाटो खोलिदिन राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराउनुभएको हो । प्रधानमन्त्री देउवासँगै नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि तथा कानूनमन्त्री यज्ञबहादुर थापा शितल निवास जानुभएको थियो । कांग्रेस नेताहरुले राष्ट्रपतिसँगको भेटवार्तामा अध्यादेश जारी नभए राष्ट्रिय सभा गठन नहुने, राष्ट्रिय सभा बिना प्रतिनिधिसभामा महिलाको प्रतिनिधित्व निक्र्योल गर्न नसकिने र सरकार गठनमा ढिलाई हुने तर्क पेश गरेका थिए ।

 

एक घण्टा लामो भेटवार्तामा राष्ट्रपति भण्डारीले अध्यादेश र सरकार गठनका विभिन्न पक्षबारे जिज्ञासा राखेपछि कांग्रेस नेताहरुले अध्यादेश जारी नहुँदाको असरबारे जानकारी गराएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);