नयाँ सरकार निर्माणका लागि अगुवाई गर्ने एमाले स्थायी समितिको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौं, ८ पुष । नेकपा एमालेले नयाँ सरकार निर्माणका लागि अगुवाई गर्ने निर्णय गरेको छ ।

निर्वाचनपछि पहिलो पटक बसेको स्थायी कमिटी बैठकले नयाँ सरकार गठनका लागि अगुवाई गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उपाध्यक्ष बामदेव गौतमको निवास भंैसेपार्टीमा बसेको बैठकले सरकार निर्माण र माओवादीसँग एकताको प्रक्रिया पनि सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ ।

एमालेले राष्ट्रियसभा निर्वाचनसम्बन्धी कानुन नयाँ सरकारले नैं बनाउने भन्दै राष्ट्रपति कार्यालयमा रहेको अध्यादेश सरकारले फिर्ता गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ । स्थायी कमिटि बैठकपछि प्रचार विभाग प्रमुख भट्टराईले प्रमुख दलबीच विवाद रहेको अवस्थामा राष्ट्रपतिलाई अध्यादेश जारी गर्न वाध्य पार्न नहुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);