वामदेव गौतमको हारको कारण पत्ता लगाउन छानविन आयोग गठन | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

वामदेव गौतमको हारको कारण पत्ता लगाउन छानविन आयोग गठन

काठमाडौँ, ५ पुस । स्थानीय तहको निर्वाचनको आधारमा वाम गठबन्धनको २९ हजार मत बढी रहेको बर्दिया क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको हारको विषय दिनदिनै पेचिलो बन्दै गएको छ।

वामपन्थीको गढ त्यस निर्वाचन क्षेत्रबाट मंसिर २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस नेता संयज गौतमसँग एमालेका प्रभावशाली नेता वामदेव पराजित भए। कांग्रेसका सञ्जयले ४४ हजार ८२९ मत ल्याए भने वामदेवले ४४ हजार ७६ मत प्राप्त गरे।

बन्यो छानविन समिति
एमालेले वामदेवको हारको कारण पत्ता लगाउन छानविन आयोग नै गठन गरेको छ । केन्द्रीय सदस्य बैजनाथ चौधरीको नेतृत्वमा वामदेवको हारको कारण पत्ता लगाउन बनेको छानविन आयोगको टोली अहिले बर्दियामा छ। आयोगमा प्रदेश नम्बर ५ का सचिव भुवेश्वर ढकाल र कार्यालय सचिव रामप्रसाद भट्टराई सदस्य छन्।

उपाध्यक्ष गौतमको पराजयलाई एमालेले गम्भीरतापूर्वक लिएको छ। स्थानीयस्तरमा समेत वामदेव पराजयको छानबिन गर्न समिति बनेको छ। एमालेका जिल्ला अध्यक्ष हरि ज्ञवालीले केन्द्रको आयोग बर्दिया आएर छानबिन थालेको जानकारी दिए।

उनले भने, ‘उहाँहरु यहाँ आइपुगेर छलफल थाल्नु भएको छ ।’ उनले वामपन्थीको गढमै प्रभावशाली नेता गौतम हार्नुमा केही न केही कारण हुनसक्ने बताए। ‘छानबिन टोली आएको छ, यथार्थ चाँडै बाहिर आउला’, उनले विश्वास व्यक्त गरे।

वामदेव हारका कारण
वामदेवको हारभित्र आन्तरिक र बाह्य दुवै कारणले काम गरेका छन् । पार्टीबाटै अन्र्तघात भएको अनुमान धेरैले गरेका छन् । उनलाई हराउन पार्टीमै चलखेलदेखि अरु बाह्य कारणले पनि काम गरेका स्थानीय नेता कार्यकर्ता बताउँछन्।

घात अन्तरघातसँगै स्थानीय पार्टी नेतृत्व निर्वाचनमा प्रभावकारीरुपमा परिचालन हुन नसक्नु हारको एउटा प्रमुख कारण बनेको छ । निर्वाचनमा परिचालनका लागि बनाइएको ‘हाइकमाण्ड’को नेतृत्व जिल्ला बाहिरका नेतालाई सुम्पिँदा जिल्ला, नगरपालिका र गाउँपालिका कमिटि निष्क्रिय भएको थियो ।

निर्वाचन परिचालनका लागि वामदेवकै नेतृत्वमा बनेको ‘हाइकमाण्ड’मा अधिकांश नेता बर्दिया बाहिरका छन् । त्यस संरचनामा किसान परिचालन समिति संयोजकमा काठमाडौंका बालराम बासकोटा, युवा तथा विद्यार्थी परिचालन संयोजकमा लमजुङका डिबी कार्की, असन्तुष्टलाई सम्झाउन बनेको समितिको संयोजकमा कास्कीकी शारदा सुवेदी र आर्थिक समितिको संयोजकमा चितवनका हरि पराजुली थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);