दिनानाथले गरे वामदेवको तारिफ, "पार्टी जोड्ने रसायन प्रयोग गर्नुस्" | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

दिनानाथले गरे वामदेवको तारिफ, “पार्टी जोड्ने रसायन प्रयोग गर्नुस्”

काठमाडौं, १७ पुष । राष्ट्रियसभामा सत्तापक्ष नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले नव नियुक्त अर्का सदस्य वामदेव गौतमको तारिफ गर्नुभएको छ । शुक्रबार शुरु भएको राष्ट्रियसभाको बैठकमा बोल्दै शर्माले यस्तो तारिफ गर्नु भएको हो ।

‘गौतमले पार्टी बिभाजन मन पराउनु भएको छैन। त्यस्तो कुनै रसायन र बिधि भए जोड्ने प्रयत्न गर्नुहुने छ’, शर्माले भन्नुभयो । ‘मुट चिरिएको पीडा लिएर आएको छु । एकता हुँदा खुशी थियौ। तर यति दुखी पहिला काहिल्यै भएको थिईन। सबैका अनुहार मलिन छन् । हामी बिभाजनको संघारमा छौ। मिल्न सक्ने रसयान भए जोड्ने प्रयास गरौ।’ शर्माले भन्नुभयो।

‘हाम्रो पार्टी कुनै दर्शन सिद्धान्त र बिचारमा बिभाजन भएको छैन । राजनीतिक कारणले बिभाजन भएको छ । जुन ठाँउमा दल बिभाजन हुन्छन त्यहाँ लोकतन्त्र कम्जोर हुन्छ’ । शर्माले भन्नुभयो ।

‘प्रतिपक्ष कांग्रेसलालाई अन्तरविरोघ छन हल गर्नुस भन्थे । आज हामी आफै त्यही शिकार भएका छौ। प्रतिनिधिसभा बिघटन हुनु राम्रो होइन, प्रतिपक्षले अर्घेल्याई गरेर बिघटन भएको होइन । हाम्रा आफ्नै कारणले हो।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);