लोकतन्त्रको सच्चा हिमायती वामपन्थी दल : शंकर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लोकतन्त्रको सच्चा हिमायती वामपन्थी दल : शंकर पोखरेल

shankar-pokhrel

काठमाडौं, २७ मंसिर । नेकपा एमालेका नेता शंकर पोखरेलले लोकतन्त्रको सच्चा हिमायती नेपालका वामपन्थी दलहरु हुन भन्ने कुरा निर्वाचन परिणामले पुष्टि गरि दिएको बताएका छन् ।

नेता पोखरेलले नेपाली जनता प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमार्फत् राष्ट्रिय स्वाधिनता र स्वाभिमानको पक्षमा उभिएको जिकिर गरे । उनले बामपन्थी गठबन्धनलाई अधिनायकवाद भन्ने काँग्रेसको आरोपलाई पनि जनमतले खारेज गरिदिएको बताए ।

दाङबाट प्रदेशसभा सदस्यमा निर्वाचन भएका नेता पोखरेलले बुधबार नेपालगंजमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै जनताले निर्वाचनमार्फत् राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएको बाम गठबन्धन नेतृत्वको सरकार बनाएर मुलुकलाई समृद्ध बनाउन चाहेको बताए । एमाले नेता पोखरेलले अव मुलुक आर्थिक-सामाजिक विकास र रुपान्तरणको बाटोमा अघि बढने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);