सत्तारुढ दलका नेताहरु भ्रष्टाचारका हिमायती हुन्ः एमाले महासचिव पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सत्तारुढ दलका नेताहरु भ्रष्टाचारका हिमायती हुन्ः एमाले महासचिव पोखरेल

sankar pokheral

काठमाडौं, १५ असोज ||
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । सरकारले एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गर्ने बताईरहेका बेला उहाँले सत्तारुढ दलका नेताहरुको शासकीय चरित्रनै भ्रष्टाचार आएको आरोप लगाउँदै उनीहरुनै जेल जाने जिकिर गर्नुभएको हो ।

पार्टीको गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशनलाई सोमवार पोखरामा उद्घाटन गर्दै उहाँले एमाले सधैँ सुशासनको पक्षमा रहेको दावी समेत गर्नुभयो । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनका नेताहरु भ्रष्टाचारका हिमायती रहेको समेत पटकपटक दोहो¥याउनु भयो । उहाँले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मुलुकमा विकास र समृद्धिको लहर ल्याएको पनि बताउनु भयो ।

महासचिव पोखरेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कामको नेतृत्व पनि एमालेले नै गरेको बताउनु भयो । उहाँले पद प्राप्तको विषयलाई प्राथमिकतामा नराख्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । मुलुकको भाग्य र भविष्य निर्माणको विषय नै सिंगो पार्टीको साझा लक्ष्य भएकाले एमालेका सबै नेता, कार्यकर्ताहरुले एकता भएर सो लक्ष्य प्राप्तीमा केन्द्रित हुनुपर्ने बताउनु भयो । महासचिव पोखरेलले मिशन २०८४ पूरा हुनेगरी एमाले एक्लैले बहुमतको सरकार बनाउने योजनाका साथ सिंगो पार्टी पंक्ति एकता भएर अघि बढनुपर्ने बताउनु भयो ।

महासचिव पोखरेलले जनताको रोजाईको पार्टी भएकाले एमाले एक्लैले बहुमत ल्याएर सरकार सञ्चालन गर्नेपर्ने बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);