आईपीएलमा पाँच दिनको मिड सीजन ट्रान्सफर विन्डो शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आईपीएलमा पाँच दिनको मिड सीजन ट्रान्सफर विन्डो शुरु

एजेन्सी, २७ असोज । इन्डियन प्रिमियर लिग आईपीएलको १३ औँ संस्करणमा आधा प्रतिस्पर्धा सकिएको छ । प्रतियोगिताको आधा प्रतिस्पर्धा सकिएसँगै आईपीएलमा पाँच दिनको मिड सीजन ट्रान्सफर विन्डो शुरु भएको छ । यसअनुसार दुई टोलीको आपसी सहमतिमा खेलाडीले टोली बदल्न सक्नेछन् । ट्रान्सफर विन्डो सबै टोलीका लागि खोलिएको छ ।

यद्यपि, यो प्रक्रिया सीजनको सात खेलममध्ये दुई भन्दा कम खेलेका खेलाडीमा मात्र लागू हुने छ । यसपटक ९० खेलाडी मिड सिजन ट्रान्सफर विन्डोका लागि उपलब्ध छन् । ती मध्ये नेपाली युवा स्पीनर सन्दीप लामिछाने पनि रहेका छन् । लामिछानेले अहिलेसम्म दिल्ली क्यापिटल्सबाट एक खेल खेल्न पाएका छैनन् ।

उनले पनि टीम बदल्न पाउनेछन्। मिड सिजन ट्रान्सफरका लागि मुम्बई इन्डियन्सका १३, दिल्ली क्यापिटल्सका ९, कोलकाता नाइट राइडर्सका १०, रोयल च्यालेन्जर्स बैंग्लुरुका ११, सनराइजर्स हैदराबादका १३, राजस्थान रोयल्सका ११, चेन्नई सुपर किंग्सका १०, किंग्स इलेवन पञ्जाबका १३ खेलाडी योग्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);