संसदको रोष्टमबाट छातीमा हात राख्दै रविले भने– हामी कुनै काण्डमा मुछिनेछैनौं | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

संसदको रोष्टमबाट छातीमा हात राख्दै रविले भने– हामी कुनै काण्डमा मुछिनेछैनौं

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफु र आफु सम्बद्ध दलका कुनै पनि सांसद अनियमिततामा संलग्न नहुने वाचा गरेका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो वाचा गरेका हुन् । ‘म र म सँलग्न दलका सांसदहरुबाट कुनैपनि प्रकारका अनियमितता हुने छैनन् । जनतालाई दुःख दिने काम हुनेछैन् । कुनै काण्डहरुमा हामी मुछीने छैनौं,’ उनले भने । आफ्नो कर्तव्य पुरा गर्ने शिलशिलामा कतै चुकेमा कुर्सीमा बसिरहने काम नगर्ने भन्दै लामिछानेले यदि कसैले त्यसो गरेमा कारबाही गर्ने समेत उल्लेख गरे ।

साथै, उनले मुलुक र मुलुकबासीका लागि हिजो गरेका बाँचा पुरा गर्ने प्रतिवद्दता समेत व्यक्त गरेका छन् । लामिछानेले भने– हामीले गरेको राजनीतिले आम जनताको जिवनमा कति छोयो भन्ने कुराको निर्मम समिक्षा गर्नुपर्ने छ ।

उनले जनताले विश्वासको दियो बाली दिएको भन्दै आम जनतासमक्ष गरेको वाचा पुरा नहुँदा सम्म दियो बालिरहने समेत बाचा गरे । जनताले दिएको साथलाई धन्यवाद दिदै लामिछानेले संसदमा इमान्दार योगदान दिने वाचा गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);