गैंडाको खागसहित तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गैंडाको खागसहित तीन जना पक्राउ

ललितपुर,४ जेठ । गैंडाको खागसहित तीन जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट २ सय ९७ मिलिग्राम तौल भएको गैंडाको खाग(ओखेटोपहार)सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे,

२४ वर्षीय युवराज घिमिरे र धादिङ बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् । उक्त चोक नजिक गैंडाको खाग खरिद बिक्री गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त खागसहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुरमा पठाएको जनाइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);