कञ्चनपुरसँग सीमा जोडिएको भारतीय नेशनल पार्कमा एक नेपालीको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कञ्चनपुरसँग सीमा जोडिएको भारतीय नेशनल पार्कमा एक नेपालीको हत्या

कञ्चनपुर, ४ मंसिर । कञ्चनपुरसंग सीमा जोडिएको भारतीय दुधुवा नेशनल पार्कमा एकजना नेपाली नागरिकको हत्या भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७ उदरी बस्ने ३५ वर्षीय शिवलाल रानाको बिहीबार हत्या भएको बताइएको छ ।

बुधबार घरबाट निस्केका रानाको छातीमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । मृतक रानाका आफन्तले उनीमाथि गोली प्रहार भएको बताएपनि प्रहरीले भने यसलाई पुष्टि गरिसकेको छैन ।

घटना भएको थाहा पाएपछि नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मी घटना स्थलमा पुगी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);