तरकारीको मूल्य नघट्दा उपभोक्ता मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, १८ कात्तिक । दशैं-तिहारको समय देखि महंगिएको तरकारीको मूल्यमा अझै कमी आएको छैन । हिउँदको समयका तुलनात्मक रुपमा तराकारीको मूल्य सस्तो हुने भए पनि यस वर्ष मूल्य घटेको छैन । व्यवसायीहरुले भने साउनमा आएको बाढीको कारण उत्पादन घट्दा मूल्य बृद्धि भएको दाबी गरेका छन् ।

काठमाडौंको थोक बजारमा नै तरकारीको भाउ छोइनसक्नु छ । हिउँदको समयमा पनि तरकारीको मूल्य अत्याधिक बृद्धि भएपछि काठमाडौंका उपभोक्ता मारमा परेका छन् ।

कालीमाटिका अजय शर्मा विगतमा दुई सय रुपैयाँमा झोलाभरी तरकारी लगेको अनुभव सुनाउँदै अहिले १ हजारको तरकारीले पनि विहान बेलुकाको छाक टार्न मुस्किल परेको बताए ।

बौद्धका प्रदुन पुडासैनीको भनाइ पनि त्यस्तै छ । कालिमाटी थोक बजारमा सस्तो पाइन्छ भनेर हप्ता दिनका लागि तरकारी किन्न आएका पुडासैनी एक पाउ गोलभेडा किनेर फर्किए। व्यवसायीले भने साउन आएको बाढी पहिरोका कारण उत्पादनमा कमी आएकाले मूल्य बढेको दाबी गरेका छन् ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सानो गोलभेडा प्रतिकेजी मुल्य ७० देखि ७८ रुपैयासम्म तोकेको छ तर खुद्रा व्यापारीले १ सय देखि १ सय ३० रुपैयासम्ममा विक्री गर्ने गरेका छन् ।

त्यस्तै सुकेको प्याज ६३ देखि ६५ रुपैयाँ तोकेको छ भने खुद्रा व्यापारीले ९० रुपैयाँ सम्ममा विक्री गरेको पाइएको छ । त्यस्तै प्रतिकेजी काउली ९० देखि ९५ रुपैयाँ, बोडी, भिण्डी र मटरकोशा १ सय देखि १ सय १० रुपैयाँसम्म तोकेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);