गृहमन्त्रीसँग भयो सहमति, गौचनको आजै दाहसंस्कार हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौँ, २६ असोज । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव आज उनका परिवारले बुझ्ने भएको छ ।

निर्माण व्यवासयी महासंघ र गृहमन्त्रीबीच बुधबार भएको भेटबार्तामा गृहमन्त्री मागबारे सकरात्मक रहेको बताएपछि परिवारले शव बुझ्ने तयारी गरेका हुन् । गृहमन्त्रीले भोली नै मन्त्री परिषद्मा सो प्रस्ताव लैजाने वार्ता टोलीले जानकारी दिएको छ ।

हत्यारा चाँडै पत्ता लगाउने, गौचनलाई शहिद घोषणा गर्नृपर्ने र व्यवसायीलाई उचित सुरक्षाको व्यवस्था गर्नुपर्ने जस्ता माग राखेरे व्यवसायीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले सरकारलाई आजसम्मको अल्टिमेटम दिएका थिए । स्वर्गीय गौचनको आज साँझसम्म अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);