दाजुको हत्या गरेर १७ वर्षदेखि फरार रहेका भाइ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाण्डौँ, २७ साउन । दाजुको हत्याको आरोप लागेका विजय गोसाई १७ वर्षपछि पक्राउ परेका छन् ।

शारदा नगरपालिका–१२ स्यानिखाल मुलडाँडाका ३७ वर्षीय विजय गोसाई १७ वर्षपछि पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार फरार रहेका विजय गोसाई तुलसीपुर उपमहानगरपालिका–१ छोटेगाउँमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।

१७ वर्ष अघि उनले आफ्नै दाजु हेरम गोसाईलाई हँसिया प्रहार गरी फरार भएको थिए । ०५७ कात्तिक १४ गते भाइको हँसिया प्रहारबाट गम्भीर घाइते दाजु हेरमको १० दिनपछि उपचारको क्रममा ज्यान गएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);