सेन्चुरी बैंकका पूर्व सिईओहरु न्यौपाने र गौतम पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सेन्चुरी बैंकका पूर्व सिईओहरु न्यौपाने र गौतम पक्राउ

काठमाडौं,१५ फागुन । सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत एवं हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।

न्यौपानेसँगै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतमलाई पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंक सीईओ हुँदा कर्जा प्रवाहमा हिनामिना गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको बुझिएको छ ।

सेन्चुरी प्रभु बैंकमा मर्ज भएपछि वरिष्ठ डेपुटी सीईओमा न्यौपाने कार्यरत थिए । सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारी पनि सम्हालेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);