उद्योगमन्त्री भट्टलाई ज्यान मार्ने धम्की | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उद्योगमन्त्री भट्टलाई ज्यान मार्ने धम्की

काठमाडौं, १५ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताउनुभएको छ ।

बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताउनुभएको हो ।

भट्टले भन्नुभयो, “अस्ती मलाई एउटा फोन आयो, बझाङ जिल्लाबाट एमसीसीको बारेमा’ उनले भने ‘तैले समर्थन गरिस् भने तेरो टाउको काटिन्छ । शब्दै यही छ । अनि मैले भाइ तपाईले (सम्झौता) पढ्नुभएको छ, भनेँ, किन पढ्नुप¥यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो भने ।”

संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);