उपभोक्ता हित समितिद्वारा विधेयक सुझावसहित पारित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

उपभोक्ता हित समितिद्वारा विधेयक सुझावसहित पारित

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

काठमाडौं, १७ जेठ । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘सेफगाड्रस, एन्टी–डम्पिङ तथा काउन्टरलेभिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सुझावसहित पारित गरेको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सो विधेयक सुझावसहित पारित गरेको हो । सम्बन्धित निकायको सुझावसहित सो विधेयक पारित गरिएको समितिका सभापति विमलप्रसाद श्रीबास्तवले जानकारी दिनु भयो । समितिको बैठकले सो विधेयक प्रतिनिधिसभा बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ ।

आयातित बस्तुका कारण स्वदेशी उद्योगलाई हुने गम्भिर हानी तथा नोक्सानीबाट रोक्ने कानुनी व्यवस्था गर्न सरकारले सो विधेयक ल्याएको हो । विधेयकमा स्वदेशी उद्योगलाई गम्भिर नोक्सान पुर्‍याउने गरी कुनै पनि बस्तुको आयात भएमा त्यसलाई रोक्न भन्सारमा अतिरिक्त महशुल लगाउने, त्यस्तो माल बस्तुको आयातमा पूर्ण वा आंशिक परिमाणात्मक बन्देज लगाउने प्रावधान राखिएको छ ।

स्वदेश उद्योगको हितका लागि अतिआवश्यक सो विधेयक समितिले आवश्यक छलफल गरी पारित गरेकोमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले समितिप्रति आभार व्यक्त गर्नु भयो । मन्त्री यादवले सो विधेयकले स्वदेशी उद्योगीहरुको हित प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि स्पष्ट पार्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);