कसैलाई पनि मागेर खानुपर्ने अवस्था आएमा त्यसको व्यवस्थापन महानगरले गर्छःमेयर शाक्‍य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

कसैलाई पनि मागेर खानुपर्ने अवस्था आएमा त्यसको व्यवस्थापन महानगरले गर्छःमेयर शाक्‍य

काठमाडौं, २४ कार्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेकालाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने स्पष्ट गर्नुभएको छ ।

सोमबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मेयर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाएको विषय सबैको सरोकार भित्र परेको भन्दै उहाँले त्यसलाई व्यवस्थित गर्ने स्पष्ट गर्नु भएको हो ।

कसैलाई पनि मागेर खानुपर्ने अवस्था आएमा त्यसको व्यवस्थापन महानगरले गर्ने उल्लेख गर्दै उहाँले खुलामञ्चको निःशुल्क खाना खुवाउने अभियानलाई पनि व्यवस्थापन गर्ने बताउनुभएको हो ।

उहाँले खुलामञ्चमा गएर आर्थिक सहयोग गर्ने सांसदहरु तर्फ संकेत गर्दै महानगरपालिकालाई असहयोग गर्ने गरी गरेको प्रचारले समस्या समाधान नहुने भएकाले सबै मिलेर उपाय खोज्नुपर्ने बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);