इटा उद्योगमा कडाई गरे सँगै व्यवसायी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

इटा उद्योगमा कडाई गरे सँगै व्यवसायी आन्दोलित

काठमाडौं, ११ भदौ । स्थानीय सरकारले इटा उद्योगमा कडाई गरे सँगै ब्यबसायी आन्दोलित भएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै इटा उद्योग महासंघले स्थानीय सरकारले इटा उद्योगको दर्ता तथा नविकरणमा झन्झटिलो प्रक्रिया लगाएको र कतिपय स्थानमा इटा भट्टाको उद्योग नै भत्काएको भन्दै ब्यबसायी आन्दोलित भएका हुन् ।

केहि दिन अगाडी काभ्रेको नमोबुद्ध नगरपालिकाले इटा भट्टामा डोजर लगाएर भत्काए पछि ब्यबसाय धरापमा परेको भन्दै आन्दोलित हुनुपरेको ब्यवसायीको भनाई छ ।

महासंघले स्थानीय तहको सरकारले उद्योग प्रतिष्ठानको विकास, प्रवर्द्धन र संरक्षण गर्नु पर्नेमा उल्टो डोजर लगाएर सम्पत्ति हानि नोक्सानी गरेको भन्दै छानवीन गर्न माग गरेको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गर्दै २०७५ जेठ १४ बाट ईटा उद्योगको नविकरणको लागि स्थानीय तहको कार्यपालिकाको बैठकको सिफारिसले मात्रै उद्योग नविकरण हुने व्यवस्था गरेको छ । स्थानीय तहले इटा उद्योग लगायतको दर्ता नविकरण समेतको अधिकार प्रयोग गर्न थाले पछि विवाद बढ्दै गएको छ ।

ताजा समाचार