चैत सम्ममा नेपालबाट कोरोना भाग्छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

चैत सम्ममा नेपालबाट कोरोना भाग्छ : प्रधानमन्त्री ओली

काठमाडौ, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो चैत सम्ममा कोरोना नेपालबाट भाग्ने दावी गर्नुभएकोे छ। राष्ट्रिय खेलकुद परिषद्ले शनिबार राजधानीमा आयोजना गरेको खेलकुदसँग प्रधामन्त्री कार्यक्रममा बोल्दै उहाँंले यस्तो बताउनु भएको हो।

‘अहिले कोभिड १९ विरद्धको खोप आईसक्यो, चैतसम्ममा कोरोना देशबाट भाग्छ’ प्रधानमन्त्रीले भन्नुभयो। उहाँले यस भन्दा अघि हजारँौको संख्यमा देखिएको कोरोना संक्रमण दर घटेर सोमबार १ सय ५७ मा झरेको बताउनुभयो।

उहाँले कुनै पक्षको नाम नलिई अहिले केही नेताहरु पराजय हुने डरले चुनाव नहोस भनेर लागि परेको बताउनुभयो। प्रधानमन्त्रीले विद्यालय तहबाटै खेल क्षेत्रलाई जोड्ने बताउनुभयो। उहाँले २० बर्ष सम्म अस्थाई र करारमा रहेको खेल क्षेत्रका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषको ब्यबस्था गरिने बताउनुभयो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);